AArya
RUMPUM
animated ellipse animated ellipse

पटना उपाधि नजिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ फाल्गुन २०७३, आईतवार १७:१५
3
Shares
जोगबनी, १५ फागुन / भारतको जोगबनीमा जारी इन्डो–नेपाल टि–२० क्रिकेट टुर्नामेन्टमा भारतको पटना विजयी भई उपाधि नजिक प्रवेश गरेको छ ।
पटनाले आज भएको पहिलो सेमिफानल खेलमा भारतकै कटिहारलाई ३१ रनले पराजित गरी फाइनलको यात्रा तय गरेको छ ।
टस जितेर ब्याटिङ गरेको पटनाले निर्धारीत २० ओभरमा ९ विकेट गुमाई १ सय २८ रन खडा गरेको थियो । पटनाका म्यान अफ द म्याच रजनिस कुमारले ६० रनको योगदान दिए । कटिहारका आदित्य कुमार र महमद सलिमले २–२ विकेट लिए ।
जवाफमा १ सय २९ रनको विजय लक्ष्य पछ्याएको कटिहारले १८ दशमलव २ बलमा सवै विकेट गुमाई ९७ रनमात्र जोड्न सकियो । कटिहारका मुकेश कुमारले २२ रनको योगदान दिए । पटनाका अनिमेश कुमारले ३ विकेट र रुपेश कुमारले २ विकेट लिए ।
सोमबार अन्तिम सेमिफाइन खेल विराटनगरको पूर्वाञ्चल क्रिकेट एकाडेमी र भारतको सहरसा विच वेलुका ७ वजेदेखि दिवारात्रिमा खेल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर