खबर पूर्वाञ्चल
१४ फाल्गुन २०७३, शनिबार १९:५३
झोराहाट, १४ फागुन / मोरङको झोराहाटस्थित झोराहाट नाटक घरमा गाउँमा कविताको ११ औं श्रृखंला अन्तर्गत आज चारजना कविले आफ्ना–आफ्ना रचना वाचन गर्नुका साथै पर्खाल नाटक मञ्चन गरिएको छ ।
भरत न्यौपानेलेको लेखन रहेको नाटकको निर्देशन प्रयाग न्यौपानले गरेका छन् । आजदेखि सुरु भएको नाटक फागुन–२० गतेसम्म हरेक दिन तीन पटकसम्म मञ्चन हुने निर्देशक न्यौपानेले जानकारी दिए । नाटकमा सत्रजना स्थानीय कलकारले अभिनय गरेका छन् ।
नाटकमा समय सामयिक समाजको चित्र प्रस्तुत गरिएको छ । यसभन्दा अघि शिल्पी थिएटर काठमाडौंको प्रस्तुती पाहुना घरकी साहुनी, बाल नाटक झुङ्की, गुरुप्रसाद मैनालीको चर्चित कथा छिमेकी र भरत गुरागाईको लेखन रहेको नाटक घरभित्रको घर नामक नाटक प्रस्तुत गरिसकिएको छ ।
यस अघि ११ औं श्रृखंला अन्तरगत कवि अनिल पौडेल, फूलमान वल, शिव प्रणत र इन्द्रसुर बेल्टारेले आफ्ना चार–चारवटा कविता वाचन गरेका थिए । कवि पौडेलले परिर्वतन र खद्मासहित चारवटा कविता सुनाए । यस्तै कवि वलले आजको मान्छे, काठमाडौ कविता लगायतका कविता सुनाए । सबै कविले वर्तमान समसामयिक विषयलाई आफ्नो कविताको विषयवस्तु बनाएका थिए । झोराहाटमा एक वर्ष यता हरेक महिनाको दोस्रो शनिबार गाउँमा कविता कार्यक्रम सञ्चालन गर्ने गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?