AArya
RUMPUM
animated ellipse animated ellipse

पहिलोपटक विराटनगरबाट पर्वतीय उडान सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ फाल्गुन २०७३, शनिबार १९:१९
3
Shares
विराटनगर, १४ फागुन /उपत्यका बाहिर पहिलोपटक विराटनगरबाट पर्वतीय उडान सुरु गरिएको छ ।
विराटनगरमा जारी विराट एक्स्पोलाई लक्षित गरी आजदेखि तीन दिनसम्म यति एयरलाइन्सबाट पर्वतीय उडान सञ्चालन गरिनेछ ।
लामो समयदेखि विराटनगरबाट माउन्टेन फ्लाइट सञ्चालन गर्नुपर्ने माग गर्दै आएका व्यवसायीहरु र विराटनगरमा पर्यटनसँग सम्बद्ध संघसंस्थाको संयुक्त प्रयासमा यति एयरलाइन्सको विमान भाडामा लिई राजधानी बाहिर पहिलोपटक पर्वतीय उडान सुरु गरिएको हो ।
राजधानी बाहिर पहिलो पटक पुर्वी नेपालबाटै पूर्वका हिम शृंखलाको अवलोकन गराउने उद्देश्यले माउन्टेन फ्लाइट सेवा सुरु गरिएको पर्यटन व्यवसायि भविष श्रेष्ठले बताए ।
सगरमाथा, मकालु, कञ्चनजंघा, गौरीशंकर हिमाल सहितका हिमशृंखला हेर्ने गरी माउन्टेन फ्लाइटको व्यवस्था मिलाइएको हो । यसलाई निरन्तरता दिन सके पूर्वका आन्तरिक पर्यटक सहति भारत र तेश्रो मुलुकका पर्यटकहरुलाइै समेत आकर्षित गर्न सकिने नेपाल पर्यटक बोर्डका अधिकृत सुमन पोखरेलको भनाइ छ ।
२९ सिटे यति एअरलाइन्सको जहाजमा २२ जना जान बस्न मिल्ने छ । उडानका लागि प्रतिव्यक्ति ९ हजार रुपैयाँ भाडा तोकिएको छ । विराटनगरबाट पहिलो फ्लाइट शुरु गरिएको माउन्टेन फ्लाइटको उडानमा शनिबार मोरङका उद्योगी व्यवसायी, प्रशासक, पर्यटन व्यवसायी सहभागी भएका थिए ।
काठमाडौंबाट एक घन्टा ५ मिनेट समय लाग्ने माउन्टेन फ्लाइट विराटनगरबाट ५० मिनेटमा सम्पन्न गर्न सकिने छ । हरेक दिन बिहान एपटक हुने माउन्टेन फ्लाइटबाट सगरमाथा, मकालु, कंचनजंघा, गौरिशंकर हिमालसहितको दृश्यावलोकन गराइने छ ।
विराटनगरमा जारी विराट एक्स्पोको अवसरमा माउन्टेन फ्लाइट शनिबारदेखि र हेलि सिटि टुर शुक्रबारदेखि सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर