AArya
RUMPUM
animated ellipse animated ellipse

अन्तर पार्टी महिला संजालको अभिमुखीकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ फाल्गुन २०७३, बुधबार १८:०५
3
Shares
विराटनगर, फागुन ११ महिलाको समानुपातिक समावेशी प्रतिनिधित्वका लागि सबै राजनतिक दलका महिलाहरु एक भएर लाग्नु पर्ने आज विराटनगरमा भएको अभिमुखीकरण कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
अन्तर पार्टी महिला संजाल मोरङको आयोजनामा भएको कार्यक्रममा बोल्दै अन्तरपार्टी महिला संजालकी केन्द्रीय सदस्य उमा रेग्मीले महिलाको समानुपातिक समावेशी प्रतिनिधित्वका लागि सबै राजनतिक दलका महिलाहरु एक भएर लाग्नु पर्ने बताइन् । अहिलेको संविधान महिला मैत्री भएको पनि स्पष्ट पारिन् ।
कार्यक्रममा बोल्दै अन्तरपार्टी महिला संजालकी अर्की केन्द्रीय सदस्य पुष्पा ठाकुरले नेपालको संविधानमा स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको जानकारी दिइन् । गाउपालिका, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षमा सहभागिता सुनिश्चित गर्न निर्वाचन ऐन तथा स्थानीय स्वायत्त शासन ऐन र नियमावलीमा व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
स्थानीय तहमा मात्र नभएर राज्य संयन्त्रका सम्पूर्ण क्षेत्र कार्यपालिका,व्यवस्थापीका,न्यायपालिका, संवैधानिक निकाय , कुटनीतिक , वितिय , सामाजिक , निीजि क्षेत्र र संस्थानहरु र राजनैतिक दल लगायतमा हाल केन्द्रमा ३३ प्रतिशत , प्रदेशमा ४० प्रतिशत ,स्थानीय तहमा ५० प्रतिशत सुनिश्चित गर्न माग गर्नुु भयो ।
कार्यक्रममा महिला संजाल मोरङ जिल्ला अध्यक्ष प्रमिला थापा लगायतका विभिन्न अन्तरपार्टीका महिलाहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर