विराटनगर, फागुन १० / नेपाल पत्रकार महासंघ मोरङको १२ औं आधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई माओवादी केन्द्र मोरङले सम्मान गरेको छ ।
माओवादी पार्टि कार्यालय विराटनगरमा आज एक कार्यक्रमको आयोजना गर्दै माओवादी केन्द्रले नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा माओवादी केन्द्र मोरङका इञ्चार्ज कुशल लिम्बु, संयोजक गोपी अछामीलगायत नेताहरुले नव निर्वाचित अध्यक्ष बन्धु पोखरेल, उपाध्यक्ष कुमोद अधिकारी, उपाध्यक्ष महिलाद्वय इन्दीरा भट्टराई, शुसिला पाठक, सविच अर्जुनकुमार आचार्य, सह–सचिव सत्यनारायण शर्मा र कोषाध्यक्ष सन्तोष सिग्देललाई सम्मानलाई गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव विवेक गौतमले भिन्दै प्यानल र संगठनबाट निर्वाचित भएर आएको भएपनि समग्र श्रमजिवि पत्रकारहरुको हितमा काम गर्न नयाँ कार्यसमितिलाइ सुझाव दिए ।