AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

स्थानीय तहको निर्वाचत बैशाख ३१ मा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ फाल्गुन २०७३, सोमबार २०:१६
3
Shares
काठमाडौं, फागुन ९ । करिव १९ बर्ष यता हुन नसकेको स्थानीय तहको निर्वाचनकालागि सरकारले मिति घोषणा गरेको छ । लामो समयको अन्योलताका विच प्रचण्ड नेतृत्वको सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको हो ।
मन्त्रिपरिषद्को सोमबार बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति गर्ने निर्णय गरेको हो । आयोगले वैशाख ३१ कै मिति सुझाएको थियो ।
सुरुमा स्थानीय चुनाव दुई चरणमा गर्ने तयारी थियो । र, आयोगले जेठ १ र २१ को मिति प्रस्ताव गरेको थियो ।
सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आइतबार अबेर वैशाख अन्तिममा एकै चरणमा स्थानीय चुनाव गर्ने समझदारी भएको थियो । सहमती अनुसार सरकारले एकै चरणमा निर्वाचन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर