पुष्पराज थपलिया
जोगबनी, फागुन ९ ÷भारतको जोगबनीमा इन्डो–नेपाल क्रिकेट टुर्नामेन्ट सोमबारदेखि शूरु भएको छ ।
आज भएको उदघाटन खेलमा विराटनगरको पूर्वाञ्चल क्रिकेट क्लबले विजयी शूरुवात गरेको छ । पूर्वाञ्चलले भारत पूर्णियाको पूर्णिया–११लाई १ सय १३ कोे फराकिलो रन अन्तरले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारीत २० ओभरमा ७ विकेट गुमाई १ सय ७१ रनको योगफ खडा गर्यो । पूर्वाञ्चलका म्यान अफ द म्याच संदिप ढुंगानाले अविजित ४८ रन, हसिम अन्सारी, सिद्धान्त लोहनी र राज थापाले १८–१८ रनको योगदान दिएका थिए । पूर्णियाका कृष्णाले ३ विकेट लिए ।
जवाफमा १ सय ७२ रनको विजय लक्ष्य पछ्याएको पूर्णियाले १२ दशमलव १ बलमा सवै विकेट गुमाई ५८ रन मात्रमा सिमित भयो । पूर्णियाका कुनै पनि खेलाडिले दोहोरो अंकलाई छुन सकेनन् । पूर्वाञ्चलका विद्यान गोश्वामीले ३ विकेट तथा हजरत अलिले २ विकेट लिए ।
मोरङका प्रहरी प्रमुख सन्दीप भन्डारी र अररियाका पूर्व विधायक जाकीर अनवर वैरागले उदघमटन गरेको खेलमा नेपालको ३ र भारतको ६ गरी ९ टिमको सहभागि रकेको छ । सेमिफाइनल र फाइनल खेल दिवारात्रिको खेल हुने आयोजक समितिका अध्यक्ष फिराज खानले जानकारी दिए । मार्च १ तारीखमा हुने फाइन खेलको विजेताले नगद तथा ट्रफि आत पार्ने छ ।