AArya
RUMPUM
animated ellipse animated ellipse

पत्रकार महासंघ मोरङको मतदान सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ फाल्गुन २०७३, शनिबार १८:३९
3
Shares
विराटनगर, फागुन ७ /नेपाल पत्रकार महासंघ मोरङको मतदान सम्पन्न भएको छ ।
पत्रकार महासंघ मोरङ शाखाको नयाँ नेतृत्वकोलागि आज भएको मतदान केहिबेर अगाडि सम्पन्न भएको हो । मतदान दिउँसो २ बजेदेखि शरु भई ५ बजेर १० मिनेटसम्म भएको थियो ।
१ सय ८३ मतदातामा १ सय ७५ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । मकालु टिभीका सरस कट्टेल ३ मिनेट ढिलो आएको कारण मतदान बाट बन्चित भएका छन् । दुवै प्यानल अध्यक्षले कट्टेलले मतदान गर्न पाउने सहमति भए पनि मतदान अधिकृतले नमाने पछि मतदान दिनबाट बन्चित भएका हुन् ।
नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा ५९ जनाकालागि दुई प्यानलबाट १ सय ५ जनाको उम्मेदवारी दिएका थिए ।
प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त प्यानलले बन्धु पोखरेलको नेतृत्वमा उमेद्वारी दिएका छ भने प्रेस यूनियन, संघिय प्रेस फोरम र मधेसी पत्रकार समाज, स्वतन्त्र र राप्रपा प्रेसको संयुक्त प्यानलले अन्नतराज नेउपानेको नेतृतवमा चुनावी मैदानमा उत्रेका छन् ।
१७ कार्य समितिमा ३५ जना , १४ खुल्ला केन्द्रिय पार्षद(सभासद) मा २९ जना , ४ महिला केन्द्रिय पार्षद(सभासद) मा ६ जना र २४ प्रदेश पार्षद(सभासद)मा ३५ जनाले उम्मेद्वारी दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर