CLASSICTECH NET

भारतबाट थप विद्युत आयातको बाटो खुल्यो

खबर पूर्वाञ्चल, ४ फाल्गुन २०७३, बुधबार २०:१६
काठमाडौं, फागुन ४ / सरकारले भारतबाट आयात भइरहेको विद्युतलाई नियमित बनाउने भएको छ ।
त्यसका लागि ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि गरेर २ सय २० केभीमा चार्ज गर्ने र थप विद्युत आयातलाई सहज बनाइने भएको छ । हिजो काठमाडौं सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवहरुको संयुक्त बैठकले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट अहिले आयात भइरहेको १ सय ४५ मेगावाटलाई निरन्तर आयात गर्ने र क्षमता वृद्धि भएपछि थप विद्युत आयात गर्ने विषयमा सहमति जनाएको ऊर्जा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।
प्रवक्ता घिमिरेका अनुसार आगामी मेसम्म अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि गर्ने लक्ष्य राखिएको छ । अहिले यो प्रसारण लाइन १ सय ३२ केभी क्षमतामा सञ्चालन भइरहेको छ । सहमतिअनुसार क्षमता वृद्धि भएपछि थप विद्युत आयातका लागि मार्गप्रशस्त हुनेछ । यो प्रसारण लाइनबाट विद्युत आयात तथा निर्यात दुवै गर्न सकिन्छ । क्षमता वृद्धि गरेर ४ सय केभीमा समेत लैजान सकिनेछ ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५