RUMPUM
animated ellipse animated ellipse

एउँटै मञ्चबाट दुवै प्यानलको घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ फाल्गुन २०७३, बुधबार २०:१०
3
Shares
विराटनगर, ४ फागुन / आउँदो फागुन ७ गते हुने नेपाल पत्रकार महासंघ मोरङ शाखाको अधिवेशनको लागि पत्रकार सम्बन्ध संगठनहरुले उम्मेदवारी घोषणा गरेका छन् ।
प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त प्यानल बनाएको छ भने प्रेस यूनियन, संघिय प्रेस फोरम र राप्रपा प्रेस मिलेर आज बुधबार साँझ विराटनगरमा पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गरेका हुन ।
प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त प्यानलबाट महासंघको अध्यक्षमा बन्धु पोखरेल, उपाध्यक्ष नवराज कट्टेल महिला उपाध्यक्ष ईन्दिरा भट्टराई, सचिब अर्जुनकुमार आचार्य, सह–सचिब सन्तोष राई समावसी सहसचिब सत्यनारायण शर्मा, कोषाध्यक्षमा सन्तोष सिग्देलको उम्मेदवारी घोषणा गरेका छन् ।
त्यस्तै सदस्यहरुमा ध्रुब भट्टराई, श्रीमन्त भट्टराई, सुमन घिमिरे, सरोज बस्नेत, महिला सदस्यमा ज्योति चौहान, मधेशी सदस्यमा नविन कर्ण, जनजाति सदस्यमा प्रेम देवान र दलित सदस्यमा किशोर विश्वकर्माको उम्मेदवारी घोषणा गरेका छन् ।
त्यस्तै केन्द्रीय प्रतिनिधिहरुमा प्रेस चौतारीको तर्फबाट यज्ञ शर्मा, महेन्द्र बिष्ट, विक्रम लुइँटेल, ललिता भट्टराई, किशोर बुढाथोकी, शान्ति दाहाल, तिलकुमारी शर्मा छने भने प्रेस सेन्टरको तर्फबाट विवेक गौतम, भक्तशेर लिम्बू, गोकुल पराजुली, अम्बिका भण्डारी रहेका छन् ।
आजै प्रेस यूनियन, संघिय प्रेस फोरम र राप्रपा प्रेसको संयुक्त प्यानलले महासंघको अध्यक्षमा अन्नतराज न्यौपाने, उपाध्यक्ष कुमोद अधिकारी, महिला उपाध्यक्ष शुसिला पाठक, सचिब कुमार लुईटेल, सहसचिब किरण न्यौपाने, समावेशी सह–सचिब जितेन्द्र ठाकुर र कोषाध्यक्षमा अरबेन्द्र मेहताको उम्मेदवारी घोषणा गरेका छन् ।
यसैगरी खुला सदस्यतर्फ कौशल निरौला, गोपाल काफ्ले, यज्ञ अधिकारी, तेजन खड्का, विवेक मिश्र र नारायण राई, महिला सदस्यमा तारा आचार्य, समावेशी दलित सदस्यमा पदम सरदारको उम्मेदवारी घोषणा गरिएको छ । समावेशी मधेशी कोटाको सदस्य पदको टुंगो लाग्न भने बाँकी रहेको छ ।
उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार पोखरेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा पत्रकारहरूको सुरक्षामा आफु लागि पर्ने बताए । पत्रकार हकहितको संरक्षण र व्यवसायिक दक्षताको अभिवृद्धिमा आफु लागुपर्ने उनको भनाई थियो ।
यता अध्यक्षको उम्मेदवार न्यौपानेले पत्रकारको उपचार कोष स्थापनाका लागि आफ्नो सक्रिय भूमिका रहने बताए । उनले उत्तरी मोरङका पत्रकारहरुका लागि सर्वसुलभ इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर