कुखुराले पार्यो तीन ग्रामको अण्डा,विश्वकै कम तौल भएको दावी
खबर पूर्वाञ्चल
४ फाल्गुन २०७३, बुधबार १९:४५
3
Shares
तस्विर -तीन ग्राम तौल भएको अण्डा तस्विर -गोविन्द पोखरेल
उर्लाबारी, फागुन ४ /एउटा सामान्य कुखुराले पारेको अण्डाको तौल कति होला ? ३५ ग्राम देखि ५० ग्रामसम्म । जसमा १३ प्रतिशत तौल अण्डालाई छोपेको खोलको हुन्छ । तर,सामान्य एउटा कुखुराले तीन ग्रामको अण्डा पा¥यो भने यसलाई कसरी लिने ? यस्तै,एउटा घटना भएको टाँडीमा ।
टाँडी–८का कृषक नरप्रसाद सुहाङ र उनकी श्रीमती चन्द्रकला सुहाङले पालेको कुखुराले तीन ग्राम तौल भएको अण्डा पारेको छ ।
सुहाङ दम्पतीले घरमा पालेको कुखुराले असामन्य तौलको अण्डा पार्न थालेपछि उनीहरु अचम्मित मात्र भएका छैनन,कुखुरा र कुखुराले पारेको अण्डा हेर्नेको भीड लाग्न थालेको छ । सहुाङ दम्पतीले पालेको कुखुराले ३.४१० ग्राम देखि ९ ग्राम तौलसम्मको अण्डा पारेपछि सबै अचम्ममा परेका छन् । हालसम्म कुखुराले ज्यादै कम तौल भएको चार वटा अण्डा परिसकेको नरप्रसादले बताए ।
उनीहरुले पालेको सो कुखुराले पहिलो पटक अण्डा पारेको हो । नरप्रसादले भने–‘पहिलो दिन सानो अण्डा पर्दा सामान्य रुपमा लियौँ,त्यसपछि सानोसानो आकारको अण्डा पार्न थालेपछि अचम्मित भयौँ । ’
ज्यादै कम तल भएको अण्डा कुखुराले पारेपछि सुहाङ दम्पत्तिले विश्वकै कम तौल भएको दावी गरेका छन् । कुखुराले पारेको यति कम तौल भएको अण्डा विश्वमै विरलै भेटिन्छ । सुहाङ दम्पतीको कालोखैरो रंगको कुखुराले पारेको सबैभन्दा सानो अण्डा नेपाली दुईरुपयौँको सिक्का पैसाको उचाईभन्दा सानो छ ।
टाँडीमा खेतीपाती गर्दै आएको सुहाङ दम्पती कुखुरा व्यवसायमा समेत सक्रिय छन् ।
कुखुरामा क्याल्सियमको कमी तथा अन्य विविध विकास ढिलो हुदा यस्तो किसिमको अण्डाहरु पार्ने विज्ञहरु बताँउछन् ।