सिने जगतमा आफ्नो भबिष्य बनाउने योजना मोडल सुस्मिता
खबर पूर्वाञ्चल
४ फाल्गुन २०७३, बुधबार १७:३७
3
Shares
ग्ल्यामर्स क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर अगाडी बढ्ने सोचका साथ् संघर्षरत हुन नब मोडल सुस्मिता गुरुङ ।
आफुलाई हट एण्ड सेक्सी मोडलको रुपमा चिनाउन चाहने मोडल सुस्मिताले पछिल्लो समय फोटोसुटहरु पनि त्यस्तै गरेकी छिन ।
त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडेल सुस्मिता गुरुङ लागेकी छिन ।
पेशाले एक कुशल ब्युटिसियन रहेकी पुर्बको सुन्दर शहर धरानकी स्थाई बासिन्दा सुस्मिता काठमाडौँलाई कर्मथलो बनाएर अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन ।
नृत्य र अभिनयमा पोख्त सुस्मिता सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन मिलेको शरीर अनि सुन्दर मुहारनै उनि भित्रको आकर्षण पनि हो । आधा दर्जन जति म्युजिक भिडियोहरुमा समेत आफ्नो कुशल अभिनय प्रस्तुत गरि सकेकी छिन् भने सुस्मिताले केहि डकुमेन्ट्री र गुरुङ चलचित्रमा समेत अभिनय गरिसकेकी छिन ।
सुस्मिता गुरुङ हेर्दा सार्हैनै आकर्षित छिन, हासी रहने शालीन स्वभाबकि सुस्मिता यदि म्युजिक भिडियो तथा फिल्ममा अफर आएमा खेल्ने र निरन्तर यो क्षेत्रमा लागि पर्ने बताउछिन ।
सानै उमेर देखि मोडलिङमा रुचि राख्ने उनको नृत्यमा पनि त्यतिकै रुचि छ, सुस्मिता अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कसरतमा छिन ।