AArya
RUMPUM
animated ellipse animated ellipse

धनुषामा संघीय समाजवादी फोरम नेपालको विभाजित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ माघ २०७३, शनिबार १९:३२
3
Shares
धनुषा, माघ २९ / संघीय समाजवादी फोरम नेपालको धनुषा जिल्ला कार्य समिति विभाजित भएको छ ।
दुई समुहले छुट्टा–छुट्टै जिल्ला अधिवेसन गरी नेतृत्व चयन गरेका छन् । वर्तमान जिल्ला अध्यक्ष शेषनारायण यादवको समुहले धनुषाको ढल्केवरमा जिल्ला अधिवेसन सम्पन्न गरेको छ भने नेता ज्ञानेन्द्र यादव समुहले जनकपुरमा जिल्ला अधिवेसन गरेको छ ।
जनकपुरमा सम्पन्न भएको अधिवेसनले ज्ञानेन्द्र यादवलाई सर्वसम्मलितले अध्यक्ष चयन गरेको छ भने ढल्केवरमा अधिवेशन गरेको शेषनारायण यादव समुहले भने विवादका कारण नेतृत्व चयन गर्न सकेको छैन । दुवै पक्षमा केन्द्रिय सदस्यहरुको समेत उपस्थिति रहेको छ । ज्ञानेन्द्र यादवको नेतृत्वमा भएको अधिवेसनमा केन्द्रिय सदस्य डा रामस्वार्थ रायको उपस्थिति रहेको थियो भने ढल्केवर अधिवेसनमा पार्टीका महासचिव रामसहाय यादवको उपस्थिति रहेको थियो । यस्तै विवादका कारण जिल्ला पार्टी कार्यालयमा समेत तालाबन्दी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर