AArya
RUMPUM
animated ellipse animated ellipse

मिस्टर फ्रेसर एण्ड मिस फ्रेसर’को उपाधी रणधोज र प्रश्रीतीलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ माघ २०७३, शनिबार १८:१३
3
Shares
तस्वीर- प्रेम लुङ्गा
विराटनगर, २९ माघ / विराटनगर – १४ मा रहेको एम्स कलेजले आयोजना गरेर्को अ हन्ट फर मिस्टर फ्रेसर एण्ड मिस फ्रेसर’ प्रतियोगिताको उपाधी रणधोज लावती र प्रश्रीती वस्तीले उपाधी जितेका छन् ।
kpविराटनगरको आरोहण गुरुकुलमा आज शनिबार सम्पन्न भएको प्रतियोगिताको मिस्टर फ्रेसरको फस्ट रनरअफ सुजन राई भए भने सेकेण्ड रनरअफ निश्चल खतिवडा भए । त्यस्तै मिस फ्रेसरको फस्ट रनरअफ एलिना शेर्पा भइन भने सकेण्ड रनरअफ जुनु चौधरी भइन् ।

विजेताहरुले प्रतिव्यक्ति ४० हजार बरावरको छात्रवृतिको साथै ट्रफि सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको बिजेता हुनेलाई दाहाल प्रतिष्ठानले छात्रवृती रकम संयोजन गरिदिएको हो ।
प्रतियोगिताको फाइनलमा १० जना प्रतियोगिहरुको सहभागिता रहेको थियो उनीहरुलाई मोडल अमर ल्हायो मगर र राकेश लिम्बुले कोरीयोग्राफर गरेका थिए ।
प्रतियोगिताको निर्णायकहरुमा मोरङ क्याम्पसको प्रध्यापक विशाल श्रेष्ठ, गौरदह जेसीजको निर्वतमान अध्यक्ष बद्री कार्की, लियो क्लबका निर्देशक रीता तिम्सिना रहरेका थिए ।
प्रतियोगिताको बिजेता हुनेहरुलाई कलेजका अध्यक्ष तुलसी पोखरेल, कलेज क्याम्पस प्रमुख सि.एम. बस्नेतलगायले पुरस्कार वितरण गरेका थिए । कलेजले गत वर्षदेखि नयाँ आएका विद्यार्थीलाई स्वागत गर्ने उद्देश्यले फरक प्रतिस्पर्धात्मक शैलिको कार्यक्रम आयोजना गर्दै आएको छ । विगत लामो समयदेिख गुणस्तरीय शिक्षा प्रतिबद्ध एम्स कलेजले अतिरिक्त क्रियाकलापहरु सँगै अध्ययनमा उत्कृष्ट नतिजा ल्याउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर