AArya
RUMPUM
animated ellipse animated ellipse

एभरेष्टको वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ माघ २०७३, शनिबार १६:५९
3
Shares
 विराटनगर, माघ २९ / विराटगर–६ मा रहेको एभरेष्ट उच्च माविले २३ औं बार्षिक उत्सव तथा अविभावक दिवश मनाएको छ ।
स्कूलले विद्यालयको प्राङ्गमा आज शनिबार विभिन्न कार्यक्रम गरी मनाएको हो ।
वर्षिक उत्सवमा स्कूलमा अध्ययनरत विद्यार्थीहरुले गीत, नृत्य र नाटकलगायतका विभिन्न प्रस्तुतीबाट उपस्थीती अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।
स्कूलले कक्षा–११ मा व्यवस्थाकतर्फ नेपाल प्रथम हुने सुनिधि केसी तथा विज्ञानतर्फ पूर्वाञ्चल प्रथम हुने अनिष भण्डारी तथा पूर्वाञ्चल दोस्रो हुने पौरख फुयललाई नगदसहित सम्मान गरीएको थियो । सोहि असरमा अवकास पाएका शिक्षक नारायण यादव र भवानी शर्मालाई सम्मा गरीएको थियो ।
कार्यक्रममा पूर्वाञ्चल क्षेत्रिय शिक्षा निर्देशक केशव दाहाल, प्याब्सन मोरङका अध्यक्ष बासुदेव न्यौपाने, मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाल मोरङका सहायक जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेल, स्कुलका प्रिन्सिपल टिकाराम पुरी, प्याब्सन मोरङका बरिष्ट उपाध्यक्ष सुनिल पौडेल, अभिवावक संग पूर्वाञ्चलका अध्यक्ष देवि पन्तिलगायतले बोलेका थिए । स्कूलका व्यवस्थान समितीका अध्यक्ष विनोद ढकालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर