AArya
RUMPUM
animated ellipse animated ellipse

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदमा पेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ माघ २०७३, शुक्रबार १६:५०
3
Shares
काठमाडौं, माघ २८ / डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने विधेयक अमेरिकी संसदमा पेश भएको छ । यदी यो विधेयक पास भएमा नेपालीहरु पनि प्रभावित हुने भएका छन् ।
यो विधेयक ट्रम्प सरकारले नभई रिपब्लिकन सिनेटरले विधेयक प्रस्ताव गरेका हुन् । टोम कटन र डेभिड पर्डिउले प्रस्ताव गरेको विधेयकमा डिभी चिठ्ठा बन्द गर्नुका साथै परिवारीक कोटामा भारी कटौती गर्ने उल्लेख समेत पेश गरेको छ ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि एक अन्तर्वार्ताका क्रममा ट्रम्पले पनि डिभी चिठ्ठा कार्यक्रम यसै वर्षदेखि बन्द गर्ने बताएका थिए ।
डिभी चिठ्ठा कार्यक्रम अन्तर्गर्त हरेक वर्ष ५० हजार भन्दा अमेरिका जाने गरेका थिए । त्यस्तै परिवारीक कोटा अन्तर्गर्त अमेरिकामा ग्रिनकार्ड होल्डरले आफ्नो दाजुभाइ दिदी बहिनी र आमाबुबालाई अमेरिकी नागरिक बनाउन सिफारिस गर्न सक्नछन् ।
हृवाइट हाउसका प्रवक्ताले भने यो विषय तत्काल कुनै प्रतिक्रिया दिन मानेनन् । यसबारे सदनमा छलफल भएपछि मात्र बोल्ने उनले बताएका छन् ।
यो विधेयक राष्ट्रपति ट्रम्पकै नीति अनुसार आएको मानिएको छ । विधेयक दर्तापछि टोम कटनले आप्रवासीको संख्या घटाउँदा अमेरिकीले फाइदा लिनसक्ने बताका थिए ।
उनले भनेका छन् जव कुनै मानिस आप्रवासी बनेर अमेरिका प्रवेश गर्छ, उसले ग्रिनकार्ड पाउँछ । र उसले आफ्नो अभिभावक र आफन्तको ठूलो संख्यालाई अमेरिका ल्याउँछ । यो अमेरिकी कामदारका लागि राम्रो होइन ।’
उनले यो विधेयकलाई यसै वर्ष मतदानमा लगिने विश्वास व्यक्त गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर