रबिन्द्र बराल
रंगेली , माघ २६ / झापाको अनारमनी ९ घर भएका बर्ष ३० का उदय कर्मकारले २५ बर्षीय श्रीमती शान्ता सुतिहारको हत्या गरेका छन । घरायसी विवादमा रक्सि सेवन गरि बसिलाले टाउकोमा हानेर श्रीमतीको हत्या गरेका हुन ।
शान्ता बिगत ३ बर्ष देखि बैदेशीक रोजगारीबाट माइति आएकी र श्रीमान ले थाह पाएपछि झापाबाट केहिदिन देखि अघि मोरङको सिजुवा ६ स्थित बक्लरी ससुराली घर मा आएर बस्दै आएका थिए ।
२६गते बुधबार बिहान सासू ससुरा बाहिर गएको बेला टाउको मा बसिलाले हानेर घाईते भएको शान्ता सुतिहारको रंगेली अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यलय सिजुवाका केशवकुमार कटुवालले जानकारी दिए ।
कटवालका अनुसार उदय कर्मकारले आफुले पनि मुसा मार्ने औषधि खाएको बताएकाले उनको बिराटनगर मा उपचार भईरहेको जानकारी दिए ।