RUMPUM
animated ellipse animated ellipse

मोरङका पत्रकारलाई लाग्यो चुनाव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ माघ २०७३, मंगलवार २०:५१
3
Shares
न्यौपाने र पोखरेल
विराटनगर,माघ २५ / केही साता यता मोरङका पत्रकारलाई चुनाव लागेको छ । फागुन ७ गते हुने १२ औ जिल्ला अधिवेशनको मिति नजिकिदै गर्दा मोरङका पत्रकारहरुलाई चुनाव लागेको हो ।
 फागुन ७ गते हुने अधिवेशनले तीन बर्षकालागि नयाँ नेतृत्वका चयन गर्दैछ । चुनाव मार्फत चुनिने नेतृत्वमा आफनो पक्ष मजवुद बनाउन भन्दै प्रेस चौतारी, प्रेस सेन्टर र प्रेस युनियनले अभियान  सञ्चालन गरीरहरका छन् ।
 प्रेस चौतारी र प्रेस युनियनले आसन्त जिल्ला अधिवेशनमा नयाँ नेतृत्वकालागि अध्यक्षमा उमेद्धवारी समेत  घोषणा गरिसकेका  छन् ।
 प्रेस चौतारीले  बन्धु पोखरेललाई अध्यक्षको रुपमा अघि सारेको छ । भने प्रेस युनियनले अनन्त न्यौपनाले अध्यक्षका रुपमा अघि सारेको छ ।
पत्रकार महासंघ मोरङका बर्तमान  उपाध्यक्ष पोखरेल विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिककामा आवद्ध छन भने न्यौपाने गोग्राह टाइम्स दैनिकमा आवद्ध छन् । फागुन ७ गते हुने निर्वाचनमा भावी अध्यक्षकालागि पोखरेल र न्यौपाने विच प्रतिस्पर्धा हुनेछ ।
चौतारी र युनियनले उमेद्धवार अघि सारेपनि प्रेस सेन्टरले भने उमेद्धवारी दिएको छैन । प्रेस सेन्टरले अध्यक्षमा  दावि गरेको छैन । सेन्टरले चौतारी वा प्रेस युनियनसँग सहकार्य गरेर चुनावी मैदानमा जाने तयारी गरिरहेको छ ।
सेन्टरसँग सहकार्य गरे जित सुनिश्चित हुने भन्दै चौतारी र युनियनले सहकार्यकालागि पहल गरिरहेका छन् ।  प्रेस सेन्टरले चुनावमा सहकार्य गर्दा अध्यक्ष बाहेकका दुई कार्यकारी सहित पदाधिकारीमा चार पद आफुहरुले पाउनु पर्ने बताउदै आएको छ । सेन्टरले चुनावकालागि उपाध्यक्षमा बर्तमान सचिव नवराज कट्टेल, सचिवमा अर्जुनकुमार आचार्यलाई  अघि सार्ने सम्भावना छ ।
आसन्न अधिवेशनमा आफनो पक्षलाई बिजयी गराउन तीनवटै संगठन दैनिक जसो छलफलमा बसीरहेका छन् ।  पत्रकार महासंघमा सहमतिको नेतृत्वकालागि पहल भएपनि सर्वसहमती नहुने भएपछि तीन ठूला संगठन सहित मधेसी पत्रकार समाज र स्वतन्त्र पत्रकारहरुको  समुहलेपनि महासंघमा आफनो पकट जमाउन पहल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर