AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड सिंगीन स्टार-फाइनलमा ६ जना प्रतियोगिले प्रतिस्पर्धा गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ माघ २०७३, मंगलवार १९:५६
3
Shares
विराटनगर, माघ २५ / दोस्रो संस्करणको ग्रेडेड सिंगीन स्टार २०७३ को फाइलनमा ६ जना छनौट भएका छन् ।
विराटनगर – ११ हाटखोलमा रहेको ग्रेडेड बोर्डिङ स्कूलले आयोजना गरेको सेमिफाइनल चरणको अडिसनमा १३ जनाबाट ६ जना प्रतियोगिहरुलाई छनौट गरिएको हो ।
स्कूल परिसरमा मंगलबार भएको सेमिफाइनलबाट उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने प्रतियोगिहरुलाई फाइनल चरणको लागि छनौट गरिएको स्कूलका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले जानकारी दिए ।
प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने प्रतियोगिहरुमा पिन्टु सन्थाल, अनोमलराज विष्ट, प्रितिजा राना, कृतिका रानामगर, भाग्यशाही पौडेल र स्वानी तामाङ रहेका छन् ।
प्रतियोगिताको निर्णायहरुमा बलिउडका संगीतकार नसराज घिमिरे र गायक प्रवलदिप विश्वास रहेका थिए । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूलले विगत एक वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको स्कूलले जनाएको छ ।
प्रतियोगिताको फाइनल स्कूलको वार्षिक उत्सवको अवसर पारेर आउँदो फागुनमा गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर