एमाले मोरङले राष्ट्रिय अभियानमा सवै संयन्त्र परिचालन गर्ने
पूर्वाञ्चल खबर
२४ माघ २०७३, सोमबार २०:४७
3
Shares
विराटनगर, माघ २४ / नेकपा एमाले मोरङले मेची–महाकाली राष्ट्रिय अभियानमा पार्टीका सवै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ ।
केन्द्रिय कमिटीले सञ्चालन गरेको अभियानलाई व्यवस्थित गर्नकालागि क्षेत्रगत रुपमा जिम्मेवारी पनि दिईएको छ । गत पुसमा सम्पन्न आठौं जिल्ला अधिवेशन पछि वसेको पहिलो पूर्ण वैठकले सो जिम्मेवारी दिने निर्णय गरेको हो ।
राष्ट्रिय अभियानलाई व्यस्थित गर्नका लागि क्षेत्र नम्वर १ र ४ मा सचिव तथा सांसद ऋषिकेश पोखरेल, २ मा जिल्ला सदस्य तथा सांसद चण्डिप्रसाद राई, ३ मा जिल्ला सदस्य इरान राई, ५ मा उपाध्यक्ष रामलाल साह, ६ मा सदस्य बाबुराम कार्की, ७ मा जिल्ला सदस्य पारुल क्षेत्री, ८ मा जिल्ला सदस्य अजम्वर राई र ९ मा जिल्ला सदस्य भुपेन्द्र लावती , पेशागतमा जगत थापा र शुरवहादुर श्रेष्ठ, जनसंगठनमा उपसचिव धना तामाङ र रुपेश खतिवडालाई जिम्मेवारी दिईएको छ ।
बैठकले एक महिने कार्य योजना तय गरेको छ । एक महिने कार्ययोजना अन्र्तगत क्षेत्र नम्वर १ को आमबारी, क्षेत्र नम्वर ४ को कर्शिया र क्षेत्र नम्वर ५ को मिल्स एरियामा बहृत आमसभा गर्ने निर्णय गरिएको अध्यक्ष विनोद ढकालले जानकारी दिए । उनका अनुसार आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा अनेरास्ववियुलाई सानदार विजयी गराउन जिल्ला सदस्य रुपेश खतिवडाको संयोजकत्वमा २१ सदस्यीय स्ववियु सहयोग समिति गठन गरिएको छ ।