विराटनगर, माघ २३ / पूर्वाञ्चल बिश्वबिद्यालय केन्द्रिय कार्यालय विराटनगरले आठौ दिक्षान्त समारोह आगामी फाल्गुन २२ गते गर्ने गर्ने भएको छ ।
पूर्वाञ्चल बिश्वबिद्यालयका परिक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले बिश्वबिद्यालयले आठौ दिक्षान्त समारोह भब्य र सब्य रुपमा गर्ने निधो गरेको जानकारी दिए ।
परिक्षा नियन्त्रक बस्नेतले भने ‘ बिद्यार्थीहरुले लाउने ग्राउन र ड्रेस गत बर्षहरुमा अरु बिश्वबिद्यालयबाट ल्याएर बिद्यार्थीहरुलाई दिने गरको थियौ तर यस बर्ष देखि आफै बिश्वबिद्यालयबाट उत्पादन गर्ने तयारी गरेका छौ ।’
दुई बर्ष पछि हुदै गरेको यो दिक्षान्त समारोहमा ९ देखि १० हजार बिद्यार्थीहरु सामेल हुनेछन् ।