विराटनगर, माघ २२ आठौं हिसान स्पोर्टस् मिट अन्तरगतको फुटबलको उपाधि कान्तिपुर कलेजले हात पारेको छ ।
उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा दिल्ली पब्लिक स्कूलको खेल मैदानमा शनिबार सम्पन्न भएको फुटबलको फाइनल खेलमा कान्तिपुर कलेजले सिटी कलेजलाई २–० को गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेकोे छ ।
कान्तिपुरका हेमकुमार राई र विवेक बानियाले १–१ गोल गरेका थिए । डाइस्टार म्यान अफ द फाइनल कान्तिपुरका कुशल केसी घोषित भए । प्रतियोगिताको हाइ गोल स्कोर ग्रिनल्याण्ड कलेजका सरोज पौडेल भए । उनले प्रतियोगिताभरी ४ गोल गरेका थिए ।