AArya
RUMPUM
animated ellipse animated ellipse

टेवल टेनिसको टिम इभेन्टसको उपाधि मेरिल्याण्ड र कान्तिपुरलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ माघ २०७३, शुक्रबार २०:०६
3
Shares
विराटनगर, माघ २१ / आठौं हिसान स्पोर्टस् मिट अन्तरगत शुक्रबारको भएको टेवल टेनिसको टिम इभेन्टसको उपाधि मेरिल्याण्ड र कान्तिपुरले हात पारेको छ ।
उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा विराटनगरको कवर्डहलमा भएको टेबलटेनिसको टिम इभेन्टसको छात्रततर्फ कान्तिपुर कलेजले शिक्षादीप कलेजलाई ३–२ को सेटले पराजित गरी उपाधी हात पारेको छ । तेस्रो स्थानमा अरनिको कलेज र दिल्ली पब्लिक स्कुल भएका छन् । छात्राततर्फ टिम इभेन्टसमा मेरिल्याण्ड कलेजले एभरेष्ट कलेजलाई ३–१ को सेटले पराजित गरी उपाधी हात पारेको छ । तेस्रो स्थानमा अरनिको र शिक्षादीप कलेज भए ।
छात्र एकलमा कान्तिपुर कलेजका सुरज साहले कान्तिपुर कलेजकै शुभम श्रेष्ठलाई ३–१ को सेटले पराजित गरी उपाधी हात पारेको हो । तेस्रो स्थानमा शिक्षादीपका सुरज राय र अरनिकोका कोमल थापा भए । त्यस्तै छात्रा एकलमा मेरिल्याण्डकी सेजल अधिकारीले ग्रिनल्याण्ड कलेजकी अनुपमा अधिकारीलाई ३–१ सेटले पराजित गरी उपाधी हात पारेको हो । तेस्रो स्थानमा अरनिकोकी मनिता दाहाल र एभरेष्टकी सेलेसी देवकोटा भइन ।
त्यसैगरी दिल्ली पब्लिक स्कूलको खेलमैदानमा भएको भलिबलको छात्रततर्फ मोर्डन एरा कलेजले लर्डबुद्ध कलेजलाई २–० को सोझो सेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । छात्रा भलिबलमा लर्डबुद्ध कलेजले अरनिको कलेजलाई २–० को सोझो सेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर