AArya
RUMPUM
animated ellipse animated ellipse

मदर टेरेसामा सरस्वती महोत्सव सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ माघ २०७३, बुधबार २१:०३
3
Shares
विराटनगर, माघ १९ / विराटनगर – १२ मा रहेको मदर टेरसा मेमोरिय बोर्डिङ स्कूलमा सरस्वती पूजा महोत्सव सम्पन्न भएको छ ।
सरस्वती पूजाको अवसर पारेर आयोजना गरेको मोत्सवमा विद्यार्थीहरुले बनाएको सामाग्रीहरु प्रदर्शनी गरिएको थियो ।
महोत्सवमा विज्ञान प्रदर्शनी, हस्तकला, चित्रकला, धर्म तथा साँस्कृति झल्किने पहिरनको प्रदर्शनीसमेत गरेको थियो ।

बिज्ञान प्रदर्शनी तर्फ कक्षा ८ को समुह प्रथम भए । कक्षा ७ को कोमल साह द्वितिय र कक्षा ९ को पवन गुप्ता तृतीय भए । त्यस्तै धार्मीक पहिरन तर्फ कक्षा एल.के.जीको जय साह प्रथम, कक्षा ५ को ज्योती भगत द्वितिय र कक्षा ६ को रुपा यादव तृतीय भए । त्यस्तै हस्तकलातर्फ स्मार्ट सिटी समुहका विद्यार्थी प्रथम, कक्षा ४ को एम डी अफ्ताब अली द्वितिय र कक्षा ४ कै सोनिया मण्डल तृतीय भए ।
यता संस्कृतीक भेषभूषातर्फ कक्षा एल. के. जी. की खुशी सहनी प्रथम, कक्षा ६ की प्रीती गुप्ता द्वितिय र कक्षा ४ की तनुजा राजवंशी र कक्षा ५ की प्रतीभा चौधरी तृतीय भइन् । विजयी हुने विद्यार्थीहरुलाई स्कूलका अभिवावक स्मीता सहनि, आलम अरा, दिना थापा, सुर्य नारायण यादब, बिपिसा रसाइलि, ओसहिन चोधरीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
बिभिन्न बिधामा दुई सय सात जना विद्यार्थीको सहभागि रहेको प्रिन्सिपल अजय अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर