विराटनगर, माघ १८ / निशुुल्क औषधि वितरणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले ५५ लाखको औषधि खरिद गरेको जनाएको छ ।
आर्थिक वर्ष ०७३÷०७४ मा तत्कालका लागि तिन लाखको र वाकी औषधि टेन्डर मार्फत खरिद गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयले विराटनगरमा आज पत्रकार सम्मेलनगरी सो कुुराको जानकारी गराएको हो । जिल्लाका विभिन्न स्वास्थ्य कार्यालयहरुका निशुुल्क वितरण गरिने औषधि अभाव हुुन थालेपछि त्यसलाई पुुरा गर्न औषधी खरिद गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका वरिष्ठ प्रसासकिय अधिकृत चन्द्रदेव मेहताले वताए ।
औषधि खरिद गरे लगतै ६७ वटा स्वास्थ्य केन्द्रमा औषधी पठाएको उनको भनाई छ । औषधि पठाएपछि अहिले मोरङमा तोकिएको स्वास्थ्य संस्थाहरुमा निशुुल्क रुपमा विरामीले औषधि पाइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
यसैगरी कार्यालयमा १ लाख ७५ हजार रुपैया वरावरको दुुईलाख पचास हजार पारासिटामोल टयावलेट खरिद गरेको समेत जनाएको छ ।