विराटनगर, माघ १६ / कुष्टरोग निवारणकालागि विभिन्न प्रयास भएपनि पूर्वाञ्चलमा कुष्टरोगीको संख्या अझै घटेको छैन ।
२०६६ साल माघ ५ गते नेपाललाई कुष्ठरोग उन्मुलन भएको राष्ट्र घोÈणा गरिएको थियो । तर हरेक वर्È तीन हजार ५ सय भन्दा बढी कुष्ठरोगका नया“ बिरामी फेला परिरहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
नेपालमा घट्दो क्रममा रहे पनि अन्य क्षेत्रको क्रममा पूर्वाञ्चलका झापा र मोरङमा तुलनात्मक रुपमा नघटेकोे पाइएको छ ।
दस हजार जनामा औसत एक जनामा कुष्ठरोग फेला परेको अवस्थालाई रोग निवारण भएको अवस्था मानिन्छ । नेपाल कुष्ठरोग निवारण अवस्थामा रहेको छ तर निर्मूल भइसकेको छैन ।
कुष्ठरोगको ब्याक्टेरियाले छाला फुस्रो भएर नसामा असर गर्ने र बिरामीलाई कुनै दुःखाइको अनुभूति नहुने भएकाले अशिक्षित र निम्न वर्गमा धेरै वर्षसम्म यो रोगको पहिचान नभएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।
गत बर्ष १ सय ५९ जना कुष्ठरोगीको संख्या रहेकोमा चालू आर्थिक बर्षको ४ महिनाको अवधिमा १ सय ५७ जना कुष्ठरोगीको संख्या रहेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका क्षयकुष्ठ अधिकृत मुलुकचन्द राजवंशीले बताए ।
पूर्वाञ्चलमा आर्थिक वर्ष २०७०÷७१ मा ८ सय २९ जना कुष्ठरोगी रहेका छन् । यस्तै २०७१÷०७२ मा ८ सय ७ जना कुष्ठरोगी फेला परेको छ ।
यस्तै २०७२÷०७३ मा ७ सय २६ कुष्ठरोगी फेला परेको पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । चालू आर्थिक बर्षको ४ महिनाको अवधिमा २ सय ४३ जना कुष्ठरोगी फेला परेको पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाका क्षयकुष्ठ अधिकृत ध्रुव उरावले जानकारी दिए ।
पूर्वाञ्चलमा कुष्ठरोगको प्रकोपप्रति दश हजारमा शून्य दशमलव ९३ प्रतिशत रहेको निर्देशनालयले जनाएको छ । स्नायुमा असर पर्न जादा हात खुट्टाहरु लगातार झमझम गर्ने, अनुहारको छाला तथा कानको लोती बाक्लो हुनु कुष्ठरोगका लक्षण हुन् । यसबाट बच्न लक्षण देखा पर्नासाथ स्वास्थ्य संस्थामा गई उपचार गराउनु पर्ने कोशी अञ्चल अस्पतालका छाला तथा यौन रोग विभाग प्रमुख डाक्टर घनश्याम झाको भनाई छ ।