गोपाल काफ्ले
पथरी,माघ १४ मोरङको पथरीमा जारी पथरीशनिश्चरे दोस्रो नगर कप २०७३ को शुक्रबार भएको खेलमा वार्ड नं. १ विजयी भएको छ ।
बुद्ध युथ क्लब पथरीको आयोजनामा भएको दोस्रो नगर कपमा वार्ड नं. १ ले वार्ड नं. ७ लाई १ का विरुद्ध ८ गोल गरेको थियो । खेलको औं १८, २४, ५०,६० मिनेटमा वार्ड न. १ का सुमन राईले ह्याट्रिक गर्दै ४ गोल गरे । खेलको ३६ औं मिनेटमा वार्ड न. १ का कबिराज लिम्बू ( बालक) ले १ गरे ।
दोस्रो हाफको ४४ औ मिनेटमा वार्ड न.१ का मनोज गुरुङ, ६९ औं मिनेटमा विशाल पान्डे र दोस्रो हाफको ईन्जुरी समयमा रबिन राईले गोल गर्दै आफ्नो टिमलाई १– ८ गोल अन्तरले जित दिलाए । खेलको ५३ औ मिनेटमा वार्ड न. ७ का बुदिलाल धिमालले १ गोल फर्काए । खेलको म्यान अफ द म्याच विजेता का सुमन राई घोषित भए । शनिबारको खेल वार्ड न. २ र वार्ड नं. ९ बीच हुने आयोजक समितीका अध्यक्ष मदन राईले जानकारी दिए ।