शिक्षादिपले छात्र बृद्धि पाउने विद्यार्थीलाई सम्मान गर्यो
पूर्वाञ्चल खबर
१४ माघ २०७३, शुक्रबार १६:०२
3
Shares
विराटनगर,माघ १४ / शिक्षादिप उच्चमावि विराटनगरले देशका विभिन्न मेडिकल कलेजमा नाम निकाल्ने आप्mना कलेजका पुर्व पाँच विद्यार्थीहरुलाई आज शुक्रबार सम्मान गरेको छ ।
सम्मानीत हुनेहरुमा गिरेन्द्र यादव, बोलबंम रजक, अब्दुल्लाहा अब्दुल्लहा, शुशिल यादव, आषुतोस कास्यप छन । गिरेन्द्र , र रजकले विपि कोईराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा पूर्ण छात्र बृद्धिमा नाम निकाल्न सफल भएका छन । त्यस्तै अब्दुल्हा, शुशिल, आसुतोसले चिकित्सा सास्त्रअध्ययान संस्थान माहाराजगञ्जमा पूर्ण छात्र बृद्धिमा नाम निकाल्न सफल भएका हुन् ।
पुर्वाञ्चल विश्व विद्यालयका उप–कुलपती घनश्यामलाल दास, कलेजका अध्यक्ष भिम पराजुली, प्रचार्य ज्ञानबहनदुर खड्का लगायतका सम्मानित विद्यार्थीहरुलाई सम्मानपत्र र माला लगाएर सम्मानीत गरेका थिए ।
कार्यक्रममा बोल्दै पुर्वाञ्चल विद्यालयका उपकुलपती दासले पुर्वाञ्चल शैक्षिक हव बन्दै गएकोले पुर्वाञ्चलका विद्यार्थी उच्च शिक्षाकालागी काठमाण्डौ धाउने झन्झटबाट मुक्तभएको बताए । कार्यक्रममा सो क्याम्पसका प्राध्यापक विद्यार्थी तथा शुभेक्छुक र सुभचिन्तकहरुको सहभागिता रहेको थियो ।