पथरी, माघ १३/ पथरीशनिश्चरेमा जारी दोस्रो नगरकपमा पथरीेका राष्ट्रिय खेलाडी दिपक राई खेल्ने पक्का पक्की भएको छ ।
लामो समयदेखि पथरीको गौरव तेस्रो पथरी अन्तराष्ट्रीय आमन्त्रण गोल्ड कप नभएकाले र पथरीशनिश्चरेमा कुनै खेल नभएकोले आम पथरीशनिश्चरे बासिले दिपकको खेल हेर्ने पाएका छैन्न । नगरमा भएका जुनियर खेलाडी भाईहरुले दाइसँग खेल्ने ईच्छा र केही सिक्ने अवसर पाउने भएकाले दिपकले यो खेल्ल खेल्नै पर्ने दर्शकको बुझाई छ । आफ्ना दर्शकको चाहना पूरा गर्न दिपकले खेल खेल्ने पक्का भएको छ ।
यस बारेमा दिपकलाई सोध्दा खेलाडी भाईहरुको खेल कौसल्ता बढाउन र आम दर्शकलाई मनोरञ्जन प्रदान गर्न पनि मैले यो खेल खेल्नै पर्छ त्यसमा पनि राष्ट्रीय खेलाडी भए पछी गाउँ घरका वार्ड स्तरिय खेल नखेल्ने परम्परालाई तोडन म यो खेल खेल्नै पर्ने बताए । साथै उनले खेल सानो ठुलो नहुने, खेल्मा हार जित हुने र यो खेलमा म खेल्दा सबैले सकरात्मक लिदीन सबैमा अनुरोध पनि गरे । उनी राष्ट्रको प्रतिनिधित्व गदै नेपालका ए डिभिजनका क्लबहरु मछिन्द्र, हिमालयन सेर्पा, आरसिटी, थ्रि स्टार , मनाङ आदि क्लबबाट ब्यावसायिक फुटबल खेलिसकेका छन ।