AArya
RUMPUM
animated ellipse animated ellipse

नगर कपमा वार्ड न. ६ ले धाधली भनी खेल छाडो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ माघ २०७३, बिहीबार २०:४६
3
Shares
गोपाल काफ्ले
पथरी, माघ १३ / मोरङको पथरीमा जारी पथरीशनिश्चरे दोस्रो नगर कप २०७३ को आज भएको खेलमा वार्ड नं. २ विजयी भएको छ ।
बुद्ध युथ क्लब पथरीको आयोजनामा भएको दोस्रो नगर कपमा वार्ड नं. २ ले वडा नं. ६ लाई का विरुद्ध गोल गर्दै वार्ड न. २ बिजयी भएको हो ।
खेलको औं २३ मिनेटमा वार्ड न. २ का अशिम राईले कर्णनलमा आत्माघाती गोल गर्दै खाता खोले। खेलको ३५ मिनेटमा वार्ड न. २ का सुबास तामाङलाई बिपक्षी सनजु शेर्मा डिबक्स भित्र लडाए पछी पाएको पेनेल्टी वार्ड न. २ का कवि राई गोल गर्न बाट चुके उनको बल गोल किपर सुरज राईले किल्यर गरे ।
खेलको ५९ मिनेटमा वार्ड न. ६ पाएको फ्रिकिकलाई वार्ड न.२ का किपर सुरज बेघाले उत्कृट बचाउ गरेका थिए । खेलको ६९ मिनेटमा वार्ड न. २ का अशिम राईले वान भर्सेस वन बल डिबक्स भित्र लगी आउट गरे भने ७० मिनेटमा सुबास तामाङले हानेको बल पोलमा ठोकिएको थियो ।
खेलको ७२ औ मिनेटमा वार्ड न. २ ले पाएको पेनल्टी वार्ड न. ६ का किपर सुरज राईले उत्कृष्ट बचाउ गरेका थिए तर त्यसलाई रेफ्री सजिन धिमालले फेरि दोहोरो हान्न लगाए पछी वार्ड न. ६ ले खेल धाधली भयो भनी खेल छोडे । रेफ्रीले एक पक्छीय खेल खेलाएको उनिहरुको आरोप लगाए । खेलको म्यान आफ द म्याच विजेता वार्ड नं. २ का रोशन लिम्बू ( कालू ) घोषित भए ।
शुक्रबारको खेल साबिक बिजेता वार्ड न. १ र वार्ड नं. ७ बीच हुने आयोजक समितीका अध्यक्ष मदन राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर