RUMPUM
animated ellipse animated ellipse

मसो दलेको विरोधमा शिक्षा कार्यालयमा काम ठप्प

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ माघ २०७३, बिहीबार १६:१९
3
Shares
विराटनगर, १३ माघ/ विप्लव निकट माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले मोरङ जिल्ला शिक्षा अधिकारीलाई कालो मोसो दलेको विरोधमा बिहीबार कर्मचारीले काम बहिष्कार गरेका छन् ।
शिक्षा कार्यालयका अधिकृत गोपाल दाहालले आधार र प्रमाण बिना कार्यालय प्रमुखमाथि भएको दुव्र्यबहारको विरोधमा कार्यालयको काम ठप्प पारिएको बताए । काम बहिष्कारका कारण शिक्षा कार्यालयमा काम लिएर आउने सेवाग्राही मारमा परेका छन् ।
बुधबार दिउँसो भ्रष्टाचार र घुष खाएको भन्दै विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेता नवराज नेपालको नेतृत्वको टोलीले कार्यकक्षमै कालोमोसो दलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर