पथरी, १२ माघ / पछिल्लो समय विभिन्न जातीय संगठनहरू खुलेसँगै सञ्चार क्षेत्रमा पनि जातीय संगठनहरू गठन हुने क्रम जारी छ । यसैबीच मोरङ पत्रकार महासंघमा आबद्ध वशिष्ठ गोत्रीय पत्रकारहरू पनि संगठित भएका छन् ।
मोरङको पथरीमा बिहीबार भएको पत्रकारहरूको भेलाले मोहन भट्टराईको संयोजकत्वमा १३ सदस्यीय बशिष्ठ गोत्रीय पत्रकार समाजको तदर्थ समिति गठन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा मिलन के राउत, उपाध्यक्षमा घनश्याम भण्डारी, सचिवमा इश्वरी भट्टराई, सह–सचिवमा ध्रुब भट्टराई र कोषाध्यक्षमा श्रीमन्त भट्टराई चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा नवराज भट्टराई, इन्दिरा भट्टराई, केशव भट्टराई, राजन भट्टराई, सृष्टि भट्टराई, कला त्रिताल भट्टराई र बिमला भट्टराई रहेका छन् । समितिको सल्लाहकारहरूमा दुर्गाप्रसाद भट्टराई, ललिता भट्टराई, शंकर खरेल र जगन्नाथ भट्टराई रहेका छन् ।