९ माघ, विराटनगर / विराटनगर – ४ मा रहेको पोल–स्टार बोर्डिङ स्कूलमा तीन दिने ‘पोल–स्टार स्पोर्टस् मिट सम्पन्न भएको छ ।
तीन दिनसम्म स्कूल परिसरमा सुरु भएको स्पोर्टस् मिट आज आईतबार कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो ।
विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रत्येक वर्ष स्पोर्टस् मिट आयोजना गर्दै आएको स्कूलका प्रिन्सिपल गोपालप्रसाद रिजालले जानकारी दिए । स्पोर्टस मिटमा एक दर्जनबढी खेलकुद प्रतियोगितामा कक्षा नर्सरी देखि १० सम्मका तीन सय बढी विद्यार्थीहरुले भाग लिएको स्कूलले जनाएको छ ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भलिबल, ब्याटमिटन, टबल टेनिस. म्यूजिकल चिर्यर, सियो धागो, गुच्चा दौड , चम्सा दौडलगायतको प्रतियोगिता समावेश गरेको थियो ।
प्रतियोगिताको प्रथम ५५ अंक जोडदै ग्रिन हाउस भयो भने द्धितीय ४५ अंकको साथ ‘यल्लो हाउस र तृतीय ४० अंकको साथ रेड हाउस भयो । प्रतियोगिताको बिजेता हुनेहरुलाई स्कूलका प्रिन्सिपल रिजाल, स्कुलका अध्यक्ष देवेन्द्र बाराकोटी, खेलकुद संयोजक शिक्षक सुरेन्द्र दाहाललगायतले ट्रफि तथा प्रमाणपत्र वितरण गरेका थिए ।