पूर्वाञ्चल खबर
६ माघ, विराटनगर /पूर्वाञ्चल क्षेत्रीय मेडीकल स्टोर विराटनगरले पूर्वाञ्चलमा पाँच महिना भन्दा लामो समयदेखि कायम रहेको वीसीजी सिरिञ्जको अभाव हटेको जनाएको छ ।
बालबालिकालाई क्षयरोग विरुद्ध दिइने वीसीजी खोपको सिरिन्ज अभाव भएपछि बालबालिका यो खोप लिनबाट बञ्चित भएका थिए । आपूर्ति व्यवस्था महाशाखाले पूर्वाञ्चल क्षेत्रीय मेडीकल स्टोरलाई आबश्यक वीसीजी सिरिन्ज पठाइ दिएपछि अहिले सिरिन्जको अभाव हटिसकेको पूर्वाअञ्चल क्षेत्रीय मेडिकल स्टोर विराटनगरका कोल्ड चेन निरिक्षक चन्द्रकान्त ठाकुरले जानकारी दिए ।
अहिले पूर्वाअञ्चलका सबै जिल्लामा सिरिन्ज पुगिसकेको र १० हजार सिरिन्ज मौज्जात समेत रहेको पूर्वाअञ्चल क्षेत्रीय मेडीकल स्टोरले जनाएको छ ।