पुष्पराज थपलिया
४ माघ, विराटनगर / कान्तिपूर कलेज विराटनगरको डिग्री कलेजको खेल मैदानमा जारी अन्तर कलेज २०–२० क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
पूर्वाञ्चल क्रिकेट एकाडेमीको आयोजनामा आज मंगलबार भएको पहिलो सेमिफाइनलमा कान्तिपूर कलेजले पूर्वाञ्चल मेनेजमेन्ट कलेजलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मेनेजमेन्टले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १४ रन बनाएको थियो । मनेजमेन्टका सुमन दुलालले ३२ रन, अंकीत सानीले २३ रन र विशाल चौधरीले अविजित २१ रनकोे योगदान दिएका थिए ।
कान्तिपूरका नेपालका अन्तराष्ट्रिय खेलाडी महबुब आलम र रितेश माझीले ३–३ विकेट लिएका थिए ।
जवाफमा १ सय १५ रनको लक्ष्य पछ्याएको कान्तिपूरले ९ दशमलव २ बलमा २ विकेट गुमाई सो विजय लक्ष्य भेट्टाएको थियो । कान्तिपूरका अमल दासले २५ बलमा २ छक्का र १० चौका प्रहार गरी ५५ रन, रितेश माझीले अविजित २३ रन, सिद्धार्थ निरौलाले १९ रन र महबुव आलमले अविजित ६ रनको योगदान दिए ।
मेनेजमेन्टका सुजित शर्माले १ विकेट लिएका थिए । कान्तिपुरको इनिङमा ९६ रन बाउनड्रीबाट आएको छ । कान्तिपूरका अलराउण्डर खेलाडि म्यान अफ द म्याच सितेश माझी घोषित भए ।