AArya
RUMPUM
animated ellipse animated ellipse

पासपोर्ट बनाइदिने भन्दै पैसा लिने पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ माघ २०७३, सोमबार १८:५२
3
Shares
३ माघ, विराटनगर / राहदानी (पासपोर्ट) बनाइदिने भन्दै सेवाग्राहीसंग पैसा असुल्ने एक व्यक्ति आज पक्राउ परेका छन् ।
मोरङको डाँगीहाट ५ का ३५ वर्षीय लक्ष्मण भण्डारीलाई जिल्ला प्रशासन कार्यालय मोरङ परिषरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । भण्डारीले राहदानी बनाइदिने भन्दै एक युवतीसंग पटक पटक गरेर १५ हजार रुपैयाँ लिएको पत्ता लागेको छ । प्रहरीका अनुसार पैसा लिएर पनि राहदानी नबनाइदिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङ परिषरमा पासपोर्ट र नागरिकता बनाइदिने भन्दै लामो समयदेखि दलालहरु सक्रिय भए पनि नियन्त्रणका लागि सम्बन्धीत निकायले चासो नदिएको गुनासो सेवाग्राहीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर