पूर्वाञ्चल खबर
२ माघ, विराटनगर/ भूकम्प सुरक्षा दिवसका अवसरमा आज विराटनगरमा विभिन्न सरोकारवाला निकायहरुले ¥याली तथा भूकम्पीय सुरक्षाका विषयमा कृतिम सुरक्षा नाटक प्रदर्शन गरेका छन् ।
विराटनगर उपमहानगरपालिका, जिल्ला दैवीप्रकोप उद्धार समिति, भूकम्प प्रविधि राष्ट्रिय सुरक्षा नेपाल, नेपाल रेडक्रस सोसाइटीलगायतले आज आइतबार विराटनगरमा भूकम्पीय सुरक्षाका विषयमा कृतिम सुरक्षा नाटक तथा ¥याली प्रदर्शन गरेका हुन् ।
विराटनगर उपमहानगरपालिकाबाट सुरु ¥यालीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो । ¥यालीपश्चात रेडक्रस सोसाइटीले प्रदर्शन गरेएको कृतिम सुरक्षा नाटकमा भूकम्प आउँदा अपनाउनुपर्ने सुरक्षा, भूकम्पमा घाइते भएका मानिसहरुको प्राथमिक उपचारलगायतका विषयमा जनचेतनामूलक सन्देश दिइएको थियो ।