AArya
RUMPUM
animated ellipse animated ellipse

सिद्धार्थ अन्तिम आठमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ माघ २०७३, शनिबार १६:५७
3
Shares
१ माघ, विराटनगर / पूर्वाञ्चल क्रिकेट एकाडेमीको आयोजनामा विराटनगरको डिग्री कलेजको खेल मैदानमा जारी अन्तर कलेज २०–२० क्रिकेट प्रतियोगितामा विजयी हुदै सिद्धार्थ कलेज अन्तिम आठमा प्रवेश गरेकोछ ।
आज शविबार भएको खेलमा सिद्धार्थले नेपाल विजनेश कलेजलार्ई ८ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको विजनेशले निर्धारित २० ओभरको खेलमा १२ दशमलव ४ बलमा सवै विकेट गुमाई ६३ रन बनाएको थियो । जस्मा अरुण बस्नेतले १२ रनको योगदान दिएका थिए । सिद्धार्थका म्यान अफ द म्याच सौगात दट्टराई र सन्दिप मण्डलले ३–३ विकेट लिएका थिए ।
जवाफमा ६४ रनको विजयी लक्ष्य पछ्याएको सिद्धार्थले ७ दशमलव ४ बलमा २ विकेट गुमाई लक्ष्य भेट्याएको थियो । जस्मा रेवती यादवले अविजित १९ रन र किशन थापाले १२ रनको योगदान दिएका थिए । विजनेशका आयूस कौनियार र सन्तोष साहले १–१ विकेट लिएका थिए ।
प्रतियोगिता अन्तरगत आइतबारको पहिलो खेल सिद्धार्थ कलेज र महेन्द्र मोरङ कलेज तथा दोस्रो खेल सिटी कलेज र डिग्री कलेज विच प्रतिस्पर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर