CLASSICTECH NET

पाइरेसी भएपछि ‘छक्का पन्जा युटुबमा रिलिज भयो(चलचित्र पुरा हेर्नु होस)

खबर पूर्वाञ्चल, १ माघ २०७३, शनिबार ०७:५५

१ माघ विराटनगर/ यो बर्षको सर्वाधिक सफल नेपाली चलचित्र ‘छक्का पन्जा’ पाइरेसीको मारमा परेको छ ।

चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला चलचित्र प्रदर्शनका लागि भन्दै यतिबेला यूरोपमा भ्रमणमा रहेका छन् । उनीहरु, यूरोपमा चलचित्रको प्रदर्शनमा व्यस्त भएको समयमा चलचित्र पाइरेसी बजारमा आएकोे हो ।चलचित्रको विभिन्न शो अझै ओभरसिजमा भैरहेको थियो ।

चलचित्र विहिबार मान्छका मोबाइल–मोबाइलमा छ्याप्तछ्याप्ती भएको थियो । चलचित्र पाइरेसी भएपछि बाध्यताले यसलाई युटुबबाट रिलिज गरिएको छ । हाइलाइट्स नेपालले शुक्रबार बिहानै

चलचित्र आधाकारिक रिलिज युटुबबाट गरेको हो । चलचित्र भदौ २४ गतेबाट रिलिज भएको थियो । छक्कापन्जा ४ महिनामै युटुबमा रिलिज गर्नुपर्ने अवस्था आएको छ । छक्कापन्जा चलचित्रले केहि दिन अगाडिे सय दिनको प्रदर्शन मनाएको थिएन की चलचित्रकै नेपालको इतिहासमा नयाँ व्यापारिक रेकर्ड कायम गरेको थियो ।

चलचित्रको प्रदर्शन बाँकी नै रहेको अवस्थामा चलचित्र पाइरेसी हुँदा निर्माता त मर्कामा परेका छन् नै, यसले चलचित्र क्षेत्रलाई अझ पछाडि धकेल्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५