CLASSICTECH NET

साप्ताहिक राशिफल माघ १ -माघ ७

खबर पूर्वाञ्चल, १ माघ २०७३, शनिबार ०७:३६
मेष राशि
सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ । अचल सम्पत्तिको व्यापारमा प्रसस्त लाभ हुने देखिन्छ । आफन्तको सहयोग मिल्नेछ । जागिरमा पदोत्रति हुने योग छ । मानसिक चञ्चलता र अशान्ति बढ्नेछ । अध्ययन अध्यापन अवरोध आउनेछ ।
वृष राशि
धार्मिक कार्यमा रुचि बढ्नेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । साथीभाइको सहयोग प्रसस्त पाइएला । आकस्मिक धनको क्षति हुनेछ । तीर्थस्थलको यात्रा होला । साहित्यिक सभा सम्मेलनमा सहभागी हुने अवसर प्राप्त हुनेछ । परीक्षा तथा अन्तर्वार्तामा सफलता मिल्नेछ ।
मिथुन राशि
पठन पाठन तथा आय आर्जन प्रसस्त हुने देखिन्छ । घरमा माङ्गलिक कार्य होलान् । सभा सम्मेलनमा सहभागिताको अवसर मिल्नेछ । पेटको समस्या देखिन सक्छ । समाजमा यश कीर्ति बढ्ने छ । यात्राबाट लाभ मिल्नेछ । सन्तानबाट सहयोग पाइनेछ ।
कर्कट राशि
पारिवारिक सद्भाव बढ्ने छ । पति पत्नीबीचको सम्बन्ध सुमधूर बन्नेछ । स्वास्थ्यमा सुधार आउने छ । मानसिक स्फूर्ति बढ्नेछ । वैदेशिक व्यापारमा लाभ मिल्ला । भूमि वाहनको सुख प्राप्त हुनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।
सिंह राशि
स्वास्थ्यमा समस्या देखिन छ । अनावश्यक तथा खर्चिलो यात्रा गर्नु पर्ला । आफन्त,साथीभाइको सहयोग मिल्नेछ । न्यायिक कार्य सामान्य नै रहने छ । व्यापार व्यवसायमा उत्रति होला । मानसिक चिन्ता एवं कान्तिक्षय हुने देखिन्छ । अध्यन अध्यापनमा सुधार आउने छ ।
कन्या राशि
मानसिक चिन्ता र ग्लानी बढ्नेछ । अनावश्यक विवाद होला । वैदेशिक यात्राको योग छ । आँखाको समस्याले सताउला । व्यापार व्यवसायमा अवरोध सिर्जना हुने देखिन्छ । काममा स्थिरता रहनेछैन । रोजगारीका लागि परिश्रम गर्नु पर्ला ।
तुला राशि
आय आर्जनमा सुधार आउला । अध्ययन अध्यापनमा अवरोधको सामना गर्नु पर्ला । राजनैतिक अपजशको सामना गर्नु पर्ला । स्वास्थ्यमा सुधार आउनेछ । वैदेशिक यात्रामा अल्झन आउने देखिन्छ । मनमा शंका र नकारात्मक सोचाइ बढ्न सक्छ ।
वृश्चिक राशि
पारिवारिक सम्बन्ध सुखमय हुनेछ । व्यापार व्यवसाय सुधार आउला । आय आर्जनमा वृद्धि हुनेछ । शत्रुहरु मित्र बनेर सहयोगी बत्रेछन् । सन्तान सहयोग पाइने छ । अध्ययन अध्यापनमा बाधा उत्पन्न हुनेछ । शरीरमा चोटपटक लाग्ने सम्भावना देखिन्छ ।
धनु राशि
शारीरिक परिश्रम बढ्नेछ । दैनिक कार्यमा ढिला सुस्ती र उल्झन व्यहोर्नु पर्ला । आय आर्जन सन्तोषजनक देखिदैन । अचल सम्पत्तिको क्षय हुने देखिन्छ । कुनै नयाँ प्रगति हुने देखिदैन । वाणीको प्रभाव बढ्नाले शत्रु पनि वशमा पर्नेछन् ।
मकर राशि
प्रेम सम्बन्ध कायम होला । पारिवारिक सद्भाव बढ्नेछ । व्यवसायिक साझेदारी बढ्नेछ । व्यापारमा प्रसस्त लाभ मिल्ने देखिन्छ । राजनैतिक कार्यमा आकर्षण बढ्नेछ । अध्ययनका लागि धैर्यता लिनु पर्ला । शत्रुहरु परास्त हुनाले मन प्रसत्र रहनेछ ।
कुम्भ राशि
दाजुभाइको सहयोग पाइनेछ । सामाजिक प्रतिष्ठा, नेतृत्व शक्तिमा वृद्धि हुनेछ । अध्ययन अध्यापन तथा आय आर्जन सामान्य रहनेछ । मानसिक चिन्ता हट्नेछ । धार्मिक कार्य गर्ने अवसर मिल्नेछ । तीर्थस्थलको यात्रा गर्ने योग छ ।
मीन राशि
अध्ययन अध्यापनमा रुचि बढ्नेछ । लेखनकार्यबाट प्रसस्त मान सम्मान पाइएला । आय आर्जनमा वृद्धि हुने छ । धन प्राप्त हुने देखिन्छ । माङ्गलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । खर्चिलो यात्रा गर्नु पर्ला । सन्तानको सहयोग प्राप्त हुनेछ ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५