साप्ताहिक राशिफल पुस २३–पुस २९
खबर पूर्वाञ्चल, २३ पुष २०७३, शनिबार ०७:५६
मेष राशि
वैदेशिक यात्राका साथै व्यापार व्यवसायमा प्रसस्त लाभ मिल्नेछ । अचल सम्पत्ति प्राप्ति वा किनबेचको योग देखिन्छ । दैनिक कार्यमा रुचि बढ्नेछ । मातापिताको सहयोग प्राप्त हुनेछ । धार्मिक कार्यमा भने मन नलाग्ला । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । शत्रूहरुले पनि मित्रवत् व्यवहार गर्नेछन् ।
वृष राशि
दैनिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक व्यापार तथा भूमि, वाहन, घर घडेरी जस्ता अचल सम्पत्तिको किनबेच हुनेछ । मावली वा ससुरालीको सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायमा प्रसस्त लाभ लिन नसकिएला । शत्रूहरु परास्त हुनेछन् । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । मिष्ठान्न भोजन तथा सुखद यात्राको योग रहेकोछ ।
मिथुन राशि
आय आर्जनको स्रोत फेला पर्नेछ । चल सम्पत्तिको प्राप्ति हुनेछ । हराएको वस्तु प्राप्त हुनाले मन प्रसत्र रहने देखिन्छ । पारिवारिक कलह भने रहिरहला । भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । आय भन्दा व्ययको अधिकता रहनेछ । धार्मिक कार्यमा मन नलागे पनि अध्ययन अध्यापन सुचारु रहनेछ ।
कर्कट राशि
आर्थिक पक्ष सबल हुनुका साथै रत्न आभूषण प्राप्त हुनेछ । माङ्गलिक कार्यमा सहभागिताको अवसर मिल्नेछ । व्यापार व्यवसायमा लाभ मिले पनि खर्चको अधिकता रहनेछ । स्वास्थ्यमा सामान्य समस्या देखिनेछ । कष्टकर यात्रा गर्नु पर्ला । पेटको समस्या देखिने भएकाले खानपानमा विचार पु¥याउनु पर्ने देखिन्छ ।
सिंह राशि
मुहारमा कान्ति बढ्नेछ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । अध्ययन अध्यापनमा बाधा आउनेछ । आय आर्जनमा सुधार होला । आफन्तसँग अनावश्यक विवाद बढ्न सक्छ । वाक्पटुतामा निखार आउनेछ । कष्टकर यात्राका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ । न्यायिक तथा राजनीतिक अवरोधको सामना गर्नु पर्ला ।
कन्या राशि
आय भन्दा व्ययको अधिकता रहनेछ । दैनिक कार्यहरु प्रभावित रहनेछन् । मुद्दा मामिला पर्न सक्ने देखिन्छ । मित्रहरुसँगको अनावश्यक वाद विवादले मनमा ग्लानी चिन्ता र खित्रता बढ्नेछ । धार्मिक कार्यमा मन लाग्ने छैन । यात्रा कष्टकर रहनेछ । आकस्मिक धनको क्षति तथा सामाजिक पद प्रतिष्ठा गुम्ने देखिन्छ ।
तुला राशि
मान्यजनको सहयोग मिल्नेछ । रोजगारीको अवसर प्राप्त हुनुका साथै अध्ययन अध्यापनमा पनि सुधार आउनेछ । सन्तानबाट सहयोग मिल्नेछैन । धार्मिक कार्यमा पनि मन लाग्नेछ । मानसिक चञ्चलता रहे पनि पारिवारिक सद्भावे कायमै रहनेछ । आय आर्जन सुदृढ हुनका साथै स्वास्थ्यमा पनि सुधार आउनेछ ।
वृश्चिक राशि
आफन्त तथा साथीभाइको सहयोगमा आय आर्जन सुदृढ बन्नेछ । सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ । दैनिक कार्यमा समय व्यतित हुनेछ । धार्मिक कार्य गर्ने अवसर मिल्नेछ । वैदेशिक यात्राको योग रहेकोछ । मानसिक चञ्चलता रहनेछ । अध्ययन अध्यापन, परीक्षा तथा अन्तर्वार्तामा खासै सफल हुने देखिदैन ।
धनु राशि
धार्मिक तथा माङ्गलिक कार्यको योग रहेकोछ । मानसिक थकान रहनेछ । दाजुभाइबीच मनमुटाव रहने देखिन्छ । आकस्मिक धनलाभ भए पनि स्वास्थ्यमा बाधा आउनेछ । शत्रु परास्त भए पनि मन अशान्त रहला । मित्रजनको सहयोगले महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा प्रगति हुनेछ ।
मकर राशि
स्वास्थ्यमा बाधा आउनेछ । मानसिक अशान्ति तथा कान्तिक्षय हुनेछ । प्रसस्त धनार्जन भए पनि खर्च भएर जानेछ । आफन्तसँगको सम्बन्धमा कटुता देखिन सक्छ । साथीभाइको सहयोग मिल्नेछ । आँखाको समस्या देखा पर्न सक्छ । खर्चिलो यात्रा गर्नु पर्ला । रोजगारीको नयाँ अवसर प्राप्त हुने योग देखिन्छ ।
कुम्भ राशि
पारिवारिक सद्भाव बढ्नेछ । प्रेम प्रसङ्ग चल्ने देखिन्छ । शत्रुहरु मित्र बनेर सहयोगी बन्नेछन् । आय आर्जनमा अवरोध आउने देखिन्छ । शारीरिक तथा मानसिक स्फूर्ति बढ्नेछ । अध्ययन अध्यापनमा मन लाग्नछ । भूमि वाहन तथा विदेश व्यापारमा प्रसस्त लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनुका साथै पारिवारिक सम्बन्ध प्रगाढ हुने देखिन्छ ।
मीन राशि
सामाजिक आक्षेप लाग्न सक्छ । अनावश्यक धनको क्षति व्यहोर्नु पर्ने देखिन्छ । व्यापार व्यवसायमा लाभ मिले पनि शत्रुहरुको आँखा लाग्ने देखिन्छ । मन विचलित रहनेछ । कुरा काट्नेहरुको वृद्धि हुनेछ । पेट तथा चिसोको समस्या देखिने हुनाले सावधान रहनु जरुरी देखिन्छ । सन्तानसुख वा सहयोग पाइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया