साउदीमा बस्ने कांग्रेसी संगठित, उपसभापति विराटनगरका काफ्ले

खबर पूर्वाञ्चल, १२ जेष्ठ २०७५, शनिबार १९:४०
3
Shares
विराटनगर / साउदी अवसरमा बसोबास गर्दै आएका कांग्रेससित निकट रहेका नेपालीहरू संगठित भएका छन् ।

नेपाली जनसम्पर्क समिति साउदी अरबको पूर्व क्षेत्रमा बसोबास गर्ने राष्ट्रियता, लोकतन्त्र र समाजवादमा आस्था र विश्वास राख्ने कांग्रेसीहरू संगठित भएका हुन् । वृहत भेलाले माधव लामिछानेको नेतृत्वमा समितिसमेत गठन गरिएको छ ।

समितिको उपसभापतिमा विराटनगरका नवराज काफ्ले चयन भए । अर्का उपसभापतिमा बालकृष्ण पंगेनी छानिए । महासचिवमा धु्रव दाहाल, सहमहामन्त्रीमा हरिहर कोइराला, कोषाध्यक्षमा रामप्रसाद पाण्डे, सहकोषाध्यक्षमा पदम महता चुनिए । बलराम खड्का, बुद्धि विक, पूर्ण कुँवर, दुर्गा अर्याल, बलराम पोखरेल, प्रेम न्यौपाने, सुनिल सिङ्जाली मगर र विष्णु लामिछाने सदस्यमा चयन भएको उपसभापति काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५