२९ पुस, विराटनगर / लायन्स क्लब स्थापना गर्ने मेलभिन जोन्सको १ सय ३८ औ जन्मजयन्तिको अवसर मोरङमा विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ ।
लायन्स क्लब अफ विराटनगर मोरङ र लायन्स क्लब अफ एजुकेटीभको संयुक्त आयोजनामा विराटनगर – १७ मा रहेको पूर्वाञ्चल बाल सेवा सदनमा रहेको बालवालिकाहरुसँग आज शुक्रबार कार्यक्रम आयोजना गरी जोन्सको जन्मजयन्ति मनाएको हो ।
बालवाकिाहरुसँग रमाईलो गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको लायन्स क्लब अफ विराटनगर मोरङको अध्यक्ष डा. बालकृष्ण साहले जानकारी दिए । कार्यक्रममा ईन्टरनेशनल ३२५ ए वानको भाईस गर्भनर लिला ढुङ्गगेल, लायन राजन श्रेष्ठ, लायन रेवत बहादुर कार्की, लायन विकास अधिकारीलगायतको उपस्थिती रहेको थियो ।