AArya
RUMPUM
animated ellipse animated ellipse

कुनै हालतामा संविधान संशोधन पारित हुदैन – खनाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ पुष २०७३, शुक्रबार १८:०१
3
Shares
फाइल तस्वीर
२९ पुस, विराटनगर/ नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रि झलनाथ खनालले आफ्नो पार्टीले कुनैपनी हालतमा संविधान सशोधन प्रस्ताव पारित हनु नदिने वताएका छन् ।
विराटनगरमा आज संचारकर्मीसंग कुरागर्दै उनले संविधान संशोधन प्रस्ताव मुलुक र जनताको हितमा नभएकाले प्रस्ताव र्फिता हुनुपर्ने बताएका हुन् ।

उनले संविधानको सफल कार्यान्वयन अहिलेको आवश्यकता भएकाले त्यसका लागी निर्वाचन आवश्यक भएको वताएका हुन् ।
वरिष्ठ नेता खनालले निर्वाचनले मात्रै सवै समस्याको समाधान हुने भएकाले निर्वाचनका मिति तोक्न समेत सरकारलाई आग्रह गरे ।
अव स्थानिय तहको निर्वाचन गराउन कांग्रेसपनी सहमत भएकाले अहिले वुझाएको पुर्न संरचनाको आधारमा स्थानिय तहको निर्वाचन हुनुपर्ने उनले वताए ।
वरिष्ठ नेता खनालले संविधान संशोधन पारित नभइकन निर्वाचनमा भाग लिन्न भन्ने मधेशी मोर्चाको भनाई अलोकतान्त्रीक र गैर जिम्मेवार भएको बताए । लोकतन्त्रमा निर्वाचन देखि कोइपनी भाग्न नहुने उनको भनाई थियो । संविधान संशोधन प्रस्ताव र्फिता गरेर निर्वाचन गराउनेतर्फ सरकारको ध्यान जानुपर्ने जोड दिए ।
………

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर