RUMPUM
animated ellipse animated ellipse

बक्राह बाध्न जुटे स्थानीय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ पुष २०७३, बिहीबार २०:४७
3
Shares
तस्वीर – गत असारमा आएको बाढीबाट क्षति भएको स्थल मधुमल्ला–४ धप्डटोल
घनश्याम भण्डारी
२८ पुस,उर्लाबारी / खोला नियन्त्रणमा सरकारले चासो नदिएपछि मोरङ मधुमल्लाका स्थानीय आफै लागि परेका छन् ।
मधुमल्ला स्थित नुनसरी बक्राहा खोला नियन्त्रणका स्थानियबासी आफैँ श्रोत जुटाएर लागिपरेका हुन् ।
बाँध फुटाएर खोला गाउँमा पसेका बेला सरकारले खोला नियन्त्रण गर्ने आश्वासन दिएपनि काम हुन नसकेपछि स्थानियबासी आफै नियन्त्रणमा जुटेका हुन् ।

गत असार ७ र २९ गते गरेर दुई पटक नुनसरी–बक्राहा खोला बाँध फुटाएर गाउँ पस्दा मधुमल्लाका ४, ५, ६, ७ र ८ नम्बर वडाका सयौँ घरपरिवार घरबारबिहिन भएका थिए ।
खोलाले मधुमल्ला – ५ को चार ठाउँमा गरेर करिब एक किलोमिटर बाँध फुटाएको छ । हालसम्म पनि सो बाँध मर्मत हुन नसक्दा स्थानियबासी बर्खामा खोला गाउँ पस्ने त्रासमा छन् ।
यसवर्ष खोलाले स्थानियबासीको तीन सय बिगाहा जमिन बगरमा परिणत भएको थियो भने अझै पनि ३० घरपरिवार त्रिपाल टाँगेर बगरमै बस्दै आएका छन् ।
मधुमल्लामा स्थानीय राजनीतिक दलका प्रमुखहरुको संयन्त्र र स्थानियबासीको अगुवाईमा नुनसरी, रचना, साखरे बाढी पीडित दैवी प्रकोप न्यूनिकरण उद्धार मूल समिति गठन गरेर खोला नियन्त्रण गर्न सुरु गरेका हुन् ।
समितिले खोलामा ढुंगा गिट्टी उत्खनन् गर्ने ट्याक्टरबाट दुईदेखि तीन सय रुपैँयासम्म सहयोग रकम उठाएर खोला नियन्त्रणको काम खर्च गर्ने बताइएको छ ।
गत असोज १ गतेबाट हालसम्म ट्याक्टरबाट उठाएको सहयोग रकम १० लाख पुगेको समितिका अध्यक्ष डिल्लीराम खड्काले जानकारी दिए । उनका अनुसार यसवर्ष मात्रै समितिको पहलमा मधुमल्ला ४ र ५ को सिमाना सापकोटाडाँडामा दुई सय मिटर बाँध बनाईएको छ ।
यस्तै मधुमल्ला – ४ को शन्ति टोलमा पनि डेढ सय मिटर बाँध बनाईएको छ । बाँध जिर्ण भएका अन्य ठाउँमा पनि मर्मत गर्ने कार्य भईरहेको खड्काले बताए ।
सिँचाई मन्त्री दिपक गिरीले डेढ महिना अघि खोलाले गरेको क्षतिको स्थलगत निरीक्षण गर्दै खोला रोक्न तुरन्त पहल गर्ने आश्वासन दिएपनि काम हुन नसकेपछी स्थानियबासी आफै श्रोत जुटाएर यसको नियन्त्रणमा जुटेको स्थानिय जंग खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर