AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको बजेट करिव दुई अर्ब

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ पुष २०७३, बिहीबार १६:५९
3
Shares
२८ पुस,विराटनगर/ विराटनगर उप–महानगरपालिकाले २०७४ / ०७५ को नीति , कार्यक्रम तथा वजेटको सार्वजनिकिकरण गरेको छ ।
आज एक कार्यक्रमको आयोजनागरी १ अर्व ८९ करोड ६३ लाख ६१ हजार रुपैयाको वजेट सार्वजनिक गरेको हो । नगरपालिकाले ३३ औं परिषदवाट पारित वजेटको सार्वजनिकिकरण गरेको हो ।
स्थानिय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले वजेट सार्वजनिकिकरण गरेका थिए ।
नगरपालिकाको आन्तरिक श्रोतवाट २७ करोड १४ लाख ४० हजार आय हुने अनुमान गरिएको छ । त्यस्तै नेपाल सरकारको सर्शत अनुदानवाट ४३ करोड ७० लाख २९ हजार, नेपाल सरकारको निर्शत अनुदानवाट ६ करोड, जनसहभागितावाट १ करोड ६१ लाख हुने अनुमानित गरिएको छ।
आव २०७४/०७५ मा उपमहानगरपालिकाले कुलखर्च १ अर्व ८९ करोड ६३ लाख ६१ हजार मध्ये नगरपालिका तर्फको चालुु खर्चका लागी १७ करोड ४५ लाख ४८ हजार विनियोजित गरिएको विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर