RUMPUM
animated ellipse animated ellipse

राजघाटको बजेट ३ करोड १० लाख

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ पुष २०७३, बिहीबार १६:५२
3
Shares
२८ पुस, उर्लाबारी / मोरङको राजघाट गाविसले आर्थिक बर्ष ०७३/०७४ का लागि ३ करोड ९ लाख ६२ हजार २ सय ४१ रुपैंयाको संशोधित बजेट सार्बजनिक गरेको छ ।
यसअघि गाविसले १ करोड ७३ लाख ७४ हजार रुपैंयाको प्रस्तावित आय प्रस्तुत गरेकोमा सामाजिक सुरक्षा भत्ता र नेपाल सरकारको अनुदान थप भएपछि उक्त बजेट संसोधन सहित प्रस्तुत भएको हो । नेपाल सरकारको अनुदानमा ३१ लाख ५२ हजार र सामाजिक सुरक्षाभत्तामा १ करोड ७९ लाख ४ हजार रुपैंया बृद्धिभएपछि बजेटको अंक बढेको हो ।
राजघाट गाविसको सभाहलमा बिहीबार आयोजित कार्यक्रममा गाविस सचिब नबराज पराजुलीले उक्त बजेट सार्वजनिक गरेका हुन् । सचिब पराजुलीले आर्थिक बर्ष २०७२/०७३ मा आयतर्फ कुल १ करोड ६२ लाख ७२ हजार ५ सय ८२ रुपैंया ५० पैसा र ब्ययतर्फ १ करोड ५७ लाख ३० हजार ३ सय ४१ रुपैंया रहेको जानकारी दिए ।
जसमा बैंकमा ५ लाख ९ हजार ७ सय २७ रुपैंया र नगद जिम्मा ३२ हजार ५ सय रुपैंया रहेको छ ।
प्रस्तुत बजेटमा आव ०७३/०७४ मा संसोधित आयतर्फ घरजग्गाकर ७० हजार,मालपोत ६ लाख २० हजार, हाटकर १५ हजार,ब्यवसायिक कर ७० हजार संकलन उल्लेख छ ।
यस्तै,सिफारिस दस्तुर ९ लाख २० हजार,दण्डजरिवाना ३५ हजार,नेपाल सरकार अनुदान ७० लाख २ हजार,अन्य अनुदान १ लाख र सामाजिक सुरक्षावापत २ करोड १५ लाख ८८ हजार प्राप्त हुने कार्यक्रममा जानकारी गराईयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर