२७ पुस,बेलबारी / नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र बेलबारी शाखाले बिद्युत चोर्ने ९८ जना बाट ६ लाख १ हजार ५ सय ३५ रुपैया जरिवाना असुली गरेको छ ।
बिद्युत प्राधिकरण बेलबारी शाखाका प्रमुख धर्मपति यादबका अनुसार कार्यालयले बिद्युत चोरी गर्ने ९८ जनाबाट ६ लाख १ हजार ५ सय ३५ रुपैया जरिवाना असुली गरेको हो । त्यसैगरी प्रधीकरणले गाउ गाउमा गएर चुहाबट नियन्त्रणका लागि बिधुति चोरीमा प्रयोग गरिएका घर तथा संघ संस्थामा प्रयोग गरिएका विद्युतीय उपकरण जफत गर्न थालेको छ ।
कार्यालयले आफनो कार्यक्षेत्र भित्र १ सय ८६ जनाले बिद्युत चोरी गरेको पाइएको जनाएको छ । उनिहरुको घरबाट चोरीको विधुतबाट प्रयोगमा आएका विधुतिय उपकरणहरु टिभि, फ्रिज, फ्यान, मोटर तथा तार लयागतका सामाग्रीहरु जफत गरिएको यादवले जानकारी दिए ।