रविन्द्र बराल
२७ पुस, रंगेली/ राज्यस्तरबाट कुनै औपचारीक कार्यक्रम नगरेता पनि पृथ्वीनारायण शाहको २ सय ९५ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज सोमबार विभिन्न कार्यक्रम आयोजना गरी मोरङको बयरवनमा पृथ्वीजयन्ती मनाईएको छ ।
राष्ट्रिय नागरीक संघर्ष समिती मोरङ क्षेत्र नं ३ को आयोजनामा प्रवचन तथा सास्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा प्रमुख अतिथी डा.राजेन्द्र पोखरेलले राजनैतिक दलको खिचातानीले मुलुक जोखिममा परेकोे बताउदै राजनैतिक दल सत्ता स्वार्थमा लागेकोले एतिहासीक महत्व बोकेको राष्ट्रिय एकता दिवसलाई राज्यले वेवास्था गरेको बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दे राष्ट्रिय नागरीक संघर्ष समिती मोरङका अध्यक्ष सुवासचन्द्र निरौलाले विशाल नेपाल निर्मातालाई आज विर्सिएर विदेशीको इसारामा नेपाललाई कमजोर बनाएको आरोप लगाउदै इतिहासलाई मेटाउने काम भईरहेको बताए । उनले धर्म संस्कृति बेचिएको आरोप लगाउदै त्यसको संरक्षण विना मुलुक उभो लाग्न नसक्ने बताए साथै जनताको जन भावना अनुरुप नेताहरुले काम गर्न नसकेको बताउदै देशलाई बचाउनका लागी पुनः एक ढिक्का भएर हिड्न आवश्यक रहेको बताए ।
सो अवसरमा कार्यक्रममा डा.गोविन्द कुमार लाभ, शान्ति नेपाल, भव प्रसाद बास्तोला, गोपाल दाहाल लगायतले शुभकामना मन्तव्य व्यतm गरेका थिए ।
कार्यक्रममा विभिन्न जातको झाकी, राष्ट्रभक्तीका प्रवचन, नृत्य, तथा भजन प्रस्तुत गरीएको थियो । राष्ट्रिय नागरीक संघर्ष समिती क्षेत्र नं.३ वासुदेव कार्कीको सभापतित्व भएको कार्यक्रममा एपेक्स हस्पीटल इटहरीको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो ।