२६ पुस झापा /झापाको दमकमा बलेको आकाशे पुल आजदेखि सञ्चालनमा आएको छ । यसको औपचारिक उदघाटन एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार एक समारोह विच उदघाटन गरेका छन् ।
यो आकासे पुल राजधानी बाहिर पहिलो पटक निर्माण भएको हो । पूर्वपश्चिम लोकमार्गमा पुल बनेपछि यात्रुहरुलाई सडक वारपार गर्न सहज भएको छ । तीब्र शहरीकरणसँगै बढेको यात्रुको चापलाई व्यवस्थित गर्न दमकमा आकाशे पुल निर्माण भएको हो । पुल २५ मिटर लम्बाई , २ दशमलब ५ मिटर चौडाई र ६ दशमल ३० मिटर उचाईको छ ।
पुलका कारण दमकको ट्राफिक व्यवस्थापनमा निकै सुधार हुने भएको छ । १ करोड १४ लाख रुपैयाँ बजेटमा पुल निर्माण भएको हो । दमकमा दुईवटा पुल निर्माण गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट दिएको हो । दमकमा दूईवटा पुल निर्माणका लािग रु २ करोड २८ लाखमा सम्झौता भएको छ ।